0%
लोड हुँदैछ...

हाम्रो परिचय

हामी समुदायमा आधारित एक अग्रणी वित्तीय संस्था हौं जसले आफ्ना सदस्यहरूलाई विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै सहकारिताको भावनालाई प्रवर्द्धन गर्दै आइरहेको छ।

विश्वासको यात्रा
हाम्रो बारेमा
2067 स्थापना
हाम्रो इतिहास
2067

हाम्रो इतिहास

परिचय र उद्देश्य
वैष्णवी बचत तथा ऋण सहकारी संस्था लि. प्रारम्भिक तहको एकल-उद्देश्यीय सहकारी हो, जसले बचत तथा ऋणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ। अन्तर्राष्ट्रिय क्रेडिट युनियन सिद्धान्तहरूलाई आत्मसात गर्दै यस संस्थाले सदस्यहरूबाट बचत संकलन गर्ने, उचित ब्याज दिने र सर्वसुलभ ब्याजदरमा ऋण प्रवाह गरी सामाजिक रूपान्तरणमा योगदान गरिरहेको छ।

स्थापना र पृष्ठभूमि
यस संस्थाको स्थापना वि.सं. २०६७ मङ्सिर २० गते जनकपुरधाम उपमहानगरपालिका वडा नं. ०२ भानु चौकमा २५ जना सदस्यहरूले रु. २५,००० संकलन गरी गरेका थिए। समाजमा व्याप्त गरिबी, निरक्षरता र दुर्व्यसन अन्त्य गर्दै बचत गर्ने बानीको विकास गर्ने उद्देश्यका साथ वि.सं. २०६७ मा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको स्वीकृति प्राप्त गरी संस्था सञ्चालनमा आएको थियो।

प्रविधि र आधुनिक सेवाहरू
गुणस्तरीय वित्तीय सेवामार्फत समुदायको रोजाइ बन्न सफल यस संस्थाले हाल ५ वटा सेवा केन्द्र, अत्याधुनिक सफ्टवेयर, ABBS, SMS बैंकिङ र SCT सेवामार्फत कारोबार प्रदान गरिरहेको छ। सेवाको क्षमता अभिवृद्धि गर्न संस्थाले एसियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित 'एक्सेस' (ACCESS) र सकेन (Scan) जस्ता गुणस्तर प्रवर्द्धन कार्यक्रमहरूमा सहभागिता जनाएको छ।

सुशासन र पारदर्शिता
संस्थाले वित्तीय सूचकांकहरू वेबसाइट, वार्षिक प्रतिवेदन र सार्वजनिक लेखापरीक्षण मार्फत पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ। सुशासन कायम राख्न सञ्चालक, कर्मचारी र निजका परिवारलाई ऋण लिन रोक लगाउने नीति लिइएको छ। व्यक्तिभन्दा विधिबाट संस्था सञ्चालन हुनुपर्छ भन्ने मान्यताका साथ हाल विभिन्न २८ वटा नीति तथा कार्यविधिहरू निर्माण गरी लागू गरिएका छन्।

भौगोलिक पहुँच र नेतृत्व
हाल यस संस्थामा १ उपमहानगरपालिका र ४ नगरपालिकाका सदस्यहरूको सक्रिय सहभागिता तथा प्रतिनिधित्व रहँदै आएको छ। संस्थाले स्थानीय स्तरमा प्रशासनिक उप-समितिहरू गठन गरी स्थानीय तहमा क्षमता अभिवृद्धि र नेतृत्व विकास गर्ने कार्यमा निरन्तर जोड दिइरहेको छ। संस्था आफ्ना सदस्यहरूको सामाजिक-आर्थिक स्तर उकास्न प्रतिबद्ध रहँदै अघि बढिरहेको छ।

हाम्रो उद्देश्य

हाम्रो दृष्टिकोण / हाम्रो लक्ष्य

पूर्ण दृष्टि र लक्ष्य छुट्टै पृष्ठमा पढ्नुहोस्।

दृष्टि र लक्ष्य हेर्नुहोस्
मूल्यहरू

हाम्रो मूल मान्यताहरू

इमानदारिता
पारदर्शिता
सहयोग
उत्कृष्टता
समिति

सञ्चालक समिति

हाम्रो संस्थाको नेतृत्व गर्ने समिति

१३०६०+
सदस्यहरू
16+
वर्षको अनुभव
१०+
सेवाहरू
९९%
सन्तुष्ट ग्राहक
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्